२६ असार २०७८, शनिबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संगठन वित्तीय क्षेत्र कर्मचारी संघ (फियन) ले सामाजिक सुरक्षा कोषविरुद्ध भोलि आइतबारदेखि आन्दोलन गर्ने भएको छ।

फियनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि आइतबारदेखि ३० गतेसम्म आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेको छ । हरेक दिन विहान १० बजेदेखि १०ः१५ सम्म सबै बैंक तथा वित्तीय संस्थाहरुमा प्रदर्शन हुने जनाइएको छ ।

यस्तै बैंक कर्मचारीहरुले हातमा कालोपट्टि बाधेर समेत विरोध प्रदर्शन गर्ने बताइएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले उठाएका मागहरु पूरा नभए फेरि आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV