२६ असार २०७८, शनिबार
  • राजेन्द्र अधिकारी,

पोखरा । एमाले संसदीय दलका नेता एवं निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकारले भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

प्रमुख प्रतिपक्ष दलका नेता गुरुङले आज पत्रकार सम्मेलनको आयोजना गर्दै पोखरेल नेतृत्वको प्रदेश सरकारले कार्यकर्ता पोस्न १६ करोडभन्दा बढी रकम रकमान्तर गर्दै भ्रष्टाचारको शुरुवात गरेको आरोप लगाए ।

‘गैर बजेटरी खर्च नै भ्रष्टाचारको पहिलो सुरुवात हो’, प्रतिपक्ष दलका नेता गुरुङले भने, ‘उहाँहरुले भ्रष्टाचारको शुरुवात गरिसक्नु भएको छ ।’

वर्तमान सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री कुमार खड्काले निवर्तमान मुख्यमन्त्री गुरुङले बजेटमा नै नभएको १० वटा बहुबर्षे आयोजनामा ४ अर्ब ५१ करोड रुपैयाँको ठेक्का लगाएको आरोप लगाएका थिए ।

त्यसको खण्डन गर्दै निवर्तमान मुख्यमन्त्री गुरुङले उल्टै सरकारमाथि नै भ्रष्टाचारको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV