२६ असार २०७८, शनिबार

काठमाडौं । आज दिउँसो काठमाडौंका विभिन्न स्थानमा भारी वर्षा भएको छ । बानेश्वर क्षेत्रमा परेको पानीले आवतजावत गर्न निकै कठिनाइ भएको छ ।

बस पर्खिरहेका यात्रुहरु भारी वर्षाका कारण निकै विचलित भएका छन् । दिउँसो एक्कासी परेको पानीले बानेश्वर सडकखण्ड जलमग्न भएको छ । सडकमा भारी वर्षा खोला बनेर उर्लेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV