२६ असार २०७८, शनिबार

एजेन्सी । अमेरिकाले हाइटीलाई सैन्य सहयोग गर्न अस्वीकार गरेको छ।

हाइटीका राष्ट्रपति जोभनेल मोइजको हत्यापछि, हाइटी प्रशासनले यसको महत्वपूर्ण पूर्वाधार जोगाउन संयुक्त राज्य अमेरिकाबाट सैनिक सहायता मागेको थियो। यसको उत्तरमा अमेरिकाले हाइटी प्रशासनलाई हत्याको अनुसन्धानमा सहयोग पुर्‍याउने तर सैन्य सहायता भने नगर्ने जनाएको छ।

शुक्रबार हाइटी पुलिसले मोइजलाई विदेशी आक्रमणकारीहरूको टोलीले मारेको थियो जसमा पूर्व कोलम्बियाका सैनिकहरू थिए। पुलिस प्रमुख लियोन चार्ल्सले टोलीमा २६ कोलम्बियाली र दुई अमेरिकी आक्रमणकारी रहेको बताए।

आठ संदिग्ध अझै फरार छन् । दुई अमेरिकी सहित १७ जना पक्राउ परेका छन्। बाँकी रहेका संदिग्धहरुलाई पुलिसले राजधानी पोर्ट ओ प्रिन्समा भएको एक भिडन्तमा मारिदिए।

कोलम्बियाको सरकारले कथित टोलीका कम्तिमा छ सदस्यहरु आफ्नो सेनाका रिटायर्ड सैनिकहरु हुनसक्ने बताए । अमेरिकी विदेश विभागले आफ्नो कुनै पनि नागरिकको पक्राउको पुष्टि गरेको छैन।

बुधवार बिहान केही बन्दुकधारीहरूले राष्ट्रपति मोइजको निवासस्थानमा छिरेर गोली हानी हत्य गरेको थयो।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV