२६ असार २०७८, शनिबार
  • राजन परियार,

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ स्थित खाल्टेमा रहेको आत्मीय सामुदायिक अस्पतालले कोरोना संक्रमितहरुको निःशुल्क उपचार गर्दै आएको छ ।

विषेश गरी कोरोना संक्रमितको उपचारमा तल्लिन उक्त अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवा, प्रसुती सेवा, आँखा जाँच, अत्याधुनिक डिजिटल एक्स–रे, ल्याव, भिडियो एक्स–रे, फार्मेसी सेवा सञ्चालनमा छन् ।

उक्त सेवाहरु समेत गरीब तथा विपन्न वर्गका लागि निःशुल्क गरिएको छ । दोस्रो लरहको कोरोना महामारी सुरु भएदेखि नै अस्पतालले निःशुल्क कोभिड एम्बुलेन्स सेवासहित १५ बेडको अस्पतालमा ६ वटा आइसोलेसन बेड तयार गरी संक्रमतिहरुको निःशुल्क उपचार गर्दै आएको अस्पतालका कार्यकारी निर्देशक सञ्जिव केसीले बताए ।

अस्पतालका कार्यकारी निर्देशक सञ्जिव केसीका अनुसार कोरोना भाइरस संक्रमितको उपचारमा अस्पतालले कुनैपनि शुल्क लिने गरेको छैन । सिन्धुलीको गोलन्जोर, सुनकोशी, फिक्कल रामेछापको खाँडादेवी, सुनपती, राकाथुमलगायत गाउँपालिका क्षेत्रका नागरिकहरुले अस्पतालबाट सेवा लिइरहेको उनको भनाइ छ ।

‘अस्पतालमा अक्सिजन, भेन्टिलेटर, आईसीयू, काडियाक्ट मोनिटरसहितको ६ बेडको सुविधा सम्पन्न आइसोलेसन सञ्चालन गरी ७० बढीको उपचार गराएका छौं । उहाँहरु मध्ये १४÷१५ जनाको अवस्था निकै गम्भीर भएपनि सफल उपचार गरिएको घर पठाएका छौं’, उनले भने ।

उक्त अस्पतालमा विभिन्न किसिमका विरामी आउने गरेको छन् । विशेष गरी वीपी राजमार्गसँगै जोडिएको अस्पताल भएको कारणले दुर्घटनामा परेका विरामीको उपचारमा निरन्तर खटिरहेको छ ।

त्यस्तै, अहिले आएर कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि पीसीआर र एन्टिजेन परीक्षणसमेत अस्पतालबाट निःशुल्क हुने गरेको छ । असस्पतालमा अहिलेपनि सुनकोशी गाउँपलिकाका उपाध्यक्ष दिर्वसिं मोक्तानसहितका ६ जना संक्रमितको उपचार भइरहेको डाक्टर गौतमले बताए ।

सुन्दर र शान्त वातावरणमा उपचार हुने भएकाले कोभिड–१९ संक्रमितहरुको आत्मबल समेत बढ्ने गरेको अस्पतालमा उपचार गराएका संक्रमितका आफन्त तथा स्थानीय सरोज कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV