२६ असार २०७८, शनिबार

काठमाडौँ । गायक बेदु सारु मगरको नयाँ गीत ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक भएको छ । गायक मगरको सेन्टिमेन्टल भर्सनको यस गीतमा प्रेम र वियोगको वेदना प्रस्तुत गरिएको छ।

यस गीतलाई गायक मगर र दिनेश सुवेदीले सयुक्त रुपमा लेखेका हुन् । गीतमा गायक मगरको आफ्नै संगीत रहेको छ ।

गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन् । प्रेम जोडीबीचको बिछोडको कथा समेटिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र रोशनी कार्की फिचर्ड छन् ।

भिडियोलाई पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका हुन् । सीता पोख्रेल निर्मात्री रहेको यस भिडियोलाई स्वर्निम थापाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।

गायक मगरको आधिकारिक च्यानल ‘बेदु सारु मगर’ मार्फत् भिडियो सार्वजनिक गरिएको हो । भोइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले यसअघि ‘डोली पियारी’, ‘तिमी नै त हौ’लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV