२६ असार २०७८, शनिबार

दाङ । २६ जिल्लाको ५६ हजार हेक्टर जमिनलाई सिचाइँ पुर्याउने उद्देश्यले ४ वर्षअघि दाङमा स्थापना भएको बृहत दाङ सिचाइँ आयोजनाले जिल्लामा तीन वर्षको अवधिका ३ हजार हेक्टर जमिनमा सिचाइँ सुविधा थप गरेको छ ।

आयोजनाले निर्माण गरेका संरचनाबाट अहिलेसम्म जिल्लाको ३ हजार हेक्टर जनिमलाई बाह्रै मासे सिचाइँ सुविधा पुर्याइसकेको आयोजनाले जनाएको छ । यसका लागि जलाशय, नहर, कुलो, लिफ्ट सिचाइँ लगायतका योजनाहरु निर्माण गरिएको छ ।

१० वर्षको कार्ययोजनासहित स्थापना भएको आयोजनाका लागि ४० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । आयोजना प्रमुख आचार्यका अनुसार परियोजनाले ५ वडा पक्षमा रहेर काम अघि बढाएको छ । पाँच प्रकृतिका योजनाहरु निर्माण सम्पन्न गर्दै सिँञ्चित क्षेत्र बढाइरहेको आचार्यको भनाई छ । डाइभर्सन, पानी संकलनका लागि जलासय ड्यामहरु निर्माण, बबई करिडोर लिप्ट सिचाइँ योजना, पुराना सिचाई योजनाको आधुनिकिकरण र पहाडी क्षेत्रमा मुल संरक्षण तथा पानी संकलन विधिसँग जोडिएका योजनाहरु निर्माण गरिरहेको छ ।

बृहत दाङ सिचाइँ आयोजना अन्तरगत जिल्लाका विभिन्न स्थानमा १४ वटा जलासय निर्माण भइसकेका छन् ।३० वटा प्रक्रियामा छन् । १२ वटा लिप्ट सिचाई योजना, त्यस्तै पुराना योजनाको आधुनिकीकरण लगायतका योजनाहरु गरिराखिएको छ । तीन वर्षकोे अवधिमा भएका यी योजनामा अहिले जिल्लाको सबै क्षेत्रमा गरेर तीन हजार हेक्टर जमिनमा वर्ष भरिको सिचाईको व्यवस्थापन गरिएको आचार्यले बताए । उनले अर्काे वर्ष जलासयहरु पुरा हुने हुँदा १४ वटै जलासयले सिचाइँ सुविधा दिने र सिञ्चित क्षेत्रफल बढ्ने बताए ।

शारदा डाइभर्सन

प्रमुख आचार्यका अनुसार कार्यालयले अहिलेसम्म सल्यानको शारदा नदीको पानी दाङ झार्ने गरि शारदा डाइभर्सनको पूर्व सम्भाव्यता अध्ययन पुरा गरिसकेको छ । ग्वारखोला उच्च बाँधको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न र विस्तृत इन्जीनियरिङको सुरुवात गरेको, माडी दाङ डाइभर्शन सम्बन्धित अध्ययन भइरहेको छ । उरहरी जसपुरर डुरुवा सिचाइँ प्रणाली निर्माण कार्य सुरु, दाङ उपत्यकाको कृतिम जलासयहरुको मास्टर प्लान तयार गरेको, २५ वडा डीप ट्युवेलको निर्माण कार्य अन्तिम चरणमा रहेको, १७ वटा प्रक्रियामा रहेको, चौध वटा माटोको कृतिम जलासय निर्माण, ३० वटा जलासय निर्माणको लागि पहचिान, बबई करिडोर अन्तरगत विभिन्न २६ वटा लिप्ट सिचाई निर्माण र किसाना व्यबस्थित सतह सिचाई प्रणाली अन्तरगत ३० किमि नहरको पुनस्थापन तथा सुधार गरिएको प्रमुख आचार्यले बताए ।

वर्षभरि सिचाइँ सुविधा

आयोजना मार्फत निर्माण भएका जलासय र लिप्ट सिचाइँ योजनाबाट खुख्खा ठाउँहरुमा सिचाइँको व्यवस्था भएको र बाह्रै मास सिचाईको व्यवस्थापन हुन थालेपछि अन्नबालीका साथै नगदे बाली, व्यवसायीक तरकारी खेती गरिरहेको उपभोक्ताहरुले बताएका छन् । पहिले वर्षभरी एक बाली मात्रै लाग्ने बारीमा यो वर्षदेखि बाह्रै मास सिचाइँ सुविधा भएको स्थानीय होताराम खत्रीले बताए ।

तुलसीपुर उपमहानगरपालिका – १४ भोजपुरमा सुरु भएको सोलार सिस्टम लिफ्ट सिचाइँ योजनाले किसानहरुलाई वर्षमा तीन बालीसम्म उत्पादन गर्ने गराएको खत्रीको भनाइ छ ।  ‘नदीको छेउमा भए पनि सिचाइँको ठूलो समस्या थियो,’ खत्रीले भने, ‘लिप्ट सिचाइँ भएपछि, दुई बाली मकै, धान, गहुँ लगाउने गरेको र व्यावसायिक रुपमा बेमौसमी तरकारी समेत उत्पादन भइरहेको छ ।’

घोराही- ४ की रिखा घर्तीले गाउँमा जलासय निर्माण हुदा सिचाईको दुख टरेको सुनाइन । उनले पहिले आकाशे पानीबाट मात्रै सिचाइँ हुने गरेको भन्दै अहिले जलासय बन्दा वर्षभरि सिचाइँ युक्र जमिन भएको बताइन्।  ‘योजनाले हामीलाई धेरै खुसी बनाएको छ,’ उनले भनिन् ।

दुधरासका विष्णु प्रसाद खुलालले जलासयले सुख्खा बाँझोलाई सिचाई गरेको बताए । उनले अब स्थानीयले पनि सिचाइँको सही उपयोग बनाएर जाने समेत बताए । योजना निर्माणका केही नीतिगत समस्या रहेको र राज्यले गौरवको आयोजनाको रुपमा महत्व नदिँदा काममा समस्या परेको प्रमुख आर्चाले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV