२५ असार २०७८, शुक्रबार

काठमाडौं । श्रीलंकाको क्याबिनेट (मन्त्रिपरिषद्) मा राजापाक्षे परिवारबाट नयाँ सदस्य थप भएसँगै क्याबिनेटमा पुग्नेको संख्या ५ जना पुगेको छ ।

बिहीबार बासिल राजापाक्षेले श्रीलंकाको अर्थ मन्त्रीमा नियुक्त भएसँगै राजापाक्षेको परिवारबाट क्याबिनेटमा पुग्नेको संख्या ५ पुगेको हो ।

अर्थमन्त्रीमा नियुक्त बासिलका दाई गोटवाया राजापाक्षे राष्ट्रपति हुने भने महिन्दा राजापाक्षे प्रधानमन्त्री रहेका छन् ।

बासिल दुवैका भाइ हुन्। अर्थमन्त्रीमा नियुक्तमा बासिलले राष्ट्रपति दाई गोटवायालाई आर्थिक रणनीति बनाउन सघाउँदै आएका थिए । आर्थिक रणनीतिमा खप्पिस भाइ बासिललाई बिहीबार अर्थमन्त्री बनाइएको छ ।

कोरोनाभाइरस महामारी र पर्यटनमा क्षेत्रमा असर परिरहेको बेला बासिसले नयाँ रणनीति बनाउछ भन्नेमा दाई गोटवाया ढुक्क रहेका छन् ।

हाल परिवारका जेठा दाजु छामल राजापाक्षे सिँचाइ मन्त्री छन् भने प्रधानमन्त्री महिन्दा राजापाक्षेका ३५ वर्षीय छोरा नमाल राजपाक्षेलाई युवा तथा खेलकुद मन्त्री रहेका छन् ।

साथै, राजापाक्षे परिवारबाट अन्य सदस्यहरूले सहायक मन्त्री र अन्य प्रशासनिक पद सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV