२५ असार २०७८, शुक्रबार

काठमाडौं । सरकारले हालै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका सहकुलबहादुर थापासहित पाँचै जनाको सरुवा प्रस्ताव गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा गृह मन्त्रालयले सरुवा प्रस्ताव गरेको छ । सरुवा प्रस्तावमा हालै एआइजीमा बढुवा भएका थापालाई मानव स्रोत तथा प्रशासन विभागको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षणका एआइजी प्रद्युम्न कार्कीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा सरुवा गरिएको छ ।

मेट्रोका एआइजी हरिबहादुर पाल कार्य विभागमा सरूवा भएका छन् । प्रशासन विभागका एआइजी निरजबहादुर शाही अपराध अनुसन्धान विभागमा सरूवा भएका छन् भने
अपराध अनुसन्धान विभागका एआइजी विश्वराज पोखरेल एकेडेमीमा सरूवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV