२५ असार २०७८, शुक्रबार

काठमाडौं । सर्वाेच्च अदालतले नेकपाका रुपमा एक भएको  पूर्वमाओवादी र पूर्वएमालेलाई पूर्ववत् रुपमा फर्काइदिएपछि उक्त नाममा दल दर्ता गरेका गोपाल किराती र सन्ध्या तिवारीले आफ्नो पार्टीको नाम फेरेका छन् ।

निर्वाचन आयोगमा नेकपा माओवादी केन्द्र दलका रुपमा दर्ता गरेका किरातीको नयाँ पार्टीको नाम एकीकृत नेपाल कम्युष्टि पार्टी र नेकपा एमाले भनेर दल दर्ता गरेका तिवारीले पार्टीको नयाँ पार्टीको नाम जनता जनवादी पार्टी (जजपा) राखेका छन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपालाई विभाजन गराई पुरानै माओवादी र एमाले ब्युँताइदिएपछि किराती र तिवारीको पार्टी पनि खारेज हुन पुगेको थियो । त्यसपछि निर्वाचन आयोगले दुवैलाई पत्र लेखेर पार्टीको नाम फेर्न भनेको थियो ।

दुवैले पार्टीको नाम सच्याए पनि किरातीले भने पार्टीको चुनाव चिन्ह फेरेका छैनन् । यसअघि हसियाँ हथौडा नै कायम रहेको थियो । सर्वाेच्चले पूरानै माओवादी ब्युँताएपछि त्यो चुनाव चिन्ह उनले प्रयोग गर्न पाउँदैनन् ।

तिवारीले भने पार्टीको नाम राख्दै पार्टीको चुनाव चिन्ह साविककै डाँडामाथिको उदाउँदो सूर्य राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV