२५ असार २०७८, शुक्रबार

काठमाडाैँ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख १० हजार ६५२ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५५ लाख ६४ हजार ६ जना रहेका छन ।

हाल विश्वभर ३ अर्ब ३५ करोड ५९ लाख ८७ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई ८ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट बढी प्रभावित २० देश रहेका छन् । ती देशहरूमा काेराेनाबाट सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या सार्वजनिक गरिएकाे छ ।

यी हुन् धेरै मृत्यु हुने प्रमुख २० देशहरू

– एजेन्सीहरूकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्

LIVE TV