२५ असार २०७८, शुक्रबार

काठमाडौँ । बिहीवार रातिदेखि परेको अविरल वर्षाका कारण बनेपाको पुल बजार डुबानमा परेको छ । काभ्रेको पुण्यमाता खोलामा आएको बाढीले अरनिको राजमार्गसँगै बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ।

शुक्रबार बिहान आएको बाढीले अरनिको राजमार्गसँगै पुलबजार क्षेत्र डुबानमा परेको हो।

डुबानमा कारण अरनिको राजमार्ग हुँदै धुलिखेलतर्फ जाने सवारी र भक्तपुर आउने सवारी प्रभावित बनेको छ । स्ती तथा राजमार्गमा जमेको पानी जेसिबी प्रयोग गरेर निकास दिने काम सुरू गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV