२५ असार २०७८, शुक्रबार

झापा । सवारी दुर्घटनामा परी नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईको मृत्यु भएको छ । प्रसाईं बिर्तामोड नगर पालिकाकि उप प्रमुख पबित्रा महतारा प्रसाईका श्रीमान् हुन् ।

झापाको भद्रपुर–९ स्थित चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परी गम्भीर घाइते भएका प्रसाईलाई मेची अस्पतालमा लगिएको थियो । उनको अस्पताल पुग्नु अगावै निधन भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज बिहान करिब ११ः३० बजेतिर प्रसाई आफैँ बा १६ च ८१८२ नं. को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकोटाको शालिकमा ठोक्किएर दुर्घटनामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV