२५ असार २०७८, शुक्रबार

काठमाडाैँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले उत्पीडित मजदूरहरूकाे हक-अधिकारकाे पक्षमा विराेध प्रदर्शन गरेकाे छ ।

शुक्रबार माइतीघर मन्डलामा उक्त युनियन सम्बद्ध मजदूरहरूले ब्यानर, प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

साे क्रममा उनीहरूले शाेषित-उत्पीडित मजदूरहरूकाे राज्य खाेइ ?, अपमानजनक वैदेशिक राेजगार नीति खारेज गर, दलाल तथा नाेकरशाही तन्त्र मूर्दावाद लगायत नारा अंकित प्लेकार्ड र ब्यानर बाेकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV