२५ असार २०७८, शुक्रबार

काठमाडौं । नेकपा एमालेका तीन नेताहरु टोपबहादुर रायमाझी, मणी थापा र प्रभु साह निर्वाचन आयोग पुगेका छन् । नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका तीन नेताहरु टोपबहादुर रायमाझीको नेतृत्वमा शुक्रबार मध्यान्ह निर्वाचन आयोग पुगेका हुन् ।

उनीहरु निर्वाचन आयोगमा माओवादी केन्द्र पार्टी दर्ता खारेजीको माग गर्दै बुझाएको निवेदनमाथि के भइरहेको छ भन्नेबारे बुझ्न निर्वाचन आयोग पुगेका हुन् ।

नेकपा एमाले प्रवेश गरेका लेखराज भट्ट भने विरामी भएकाले आयोगमा जान सकेका थिएनन् । एमाले र माओवादी केन्द्र विभाजन हुँदा एमालेमै बसेका उनीहरु कारवाहीमा परेपछि उनीहरुको सांसद पद खारेजी भएको छ । त्यसपछि उनीहरुले नेकपा माओवादी केन्द्र पार्टी नै अवैधानिक भएको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

माओवादी केन्द्र नै अवैधानिक रहेको अवस्थामा आफूहरुमाथि भएको कारवाही मान्यता नहुने उनीहरुको दावी छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV