२५ असार २०७८, शुक्रबार

भक्तपुर । भक्तपुरको सुर्यविनायबाट ध्याम्पे डाँडा जानेबाटोमा सरकारी नम्वर प्लेटको गाडीमा अश्लिल हर्कत गरिरहेको ३ जना ब्यक्तिलाई पक्राउ गरेको छ ।

बुधवार राति करिव ११ बजेको समयमा सुर्यविनायक गणेश स्थानबाट ध्याम्पे डाँडा जाने जंगलको बाटोमा सरकारी नम्वर प्लेटको गाडीमा २ जना पुरुष र एकजना महिला गरि ३ जनालाई यौनजन्य गतिविधि गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत जगातीबाट खटिएका प्रहरी गस्ती टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले बताउनु भयो ।

सेतो रङ्गको डबल क्याविन स्कारपियो गाडीमा पक्राउ परेका गाडी चालक सिन्धुपाल्चोक पाङग्रटार घर भई भक्तपुर बस्ने बर्ष ४१ का जित बहादुर खत्री, सुनकोशी गाउँपालिका का ३८ बर्षीय शम्भु कार्की र दोलखाकी २१ बर्षीय महिला भएको प्रहरीले जनाएको छ ।

बुधवार राति गस्तीमा गएको टोलीले सडक किनारमा रोकी राखेको प्रदेश ३—०१—००२ झ ५०५२ नम्वरको सरकारी नम्वर सेतो प्लेटको गाडी चेक जाँच गर्नै क्रममा गाडीभित्र यौनजन्य गतिविधि गरिरहेको अवस्थामा चालक खत्री र महिलालाई प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको टोलीले पक्राउ गरेको र अर्का एक जना भागेका ब्यतिmलाई बिहिलार बिहान पक्राउ गरि जगाती प्रहरी वृतमा राखिएको जगाती प्रहरीले जनाएको छ ।

पक्राउ परेका तिनै जनालाई मुलुकी अपराध संहिता ऐन २०७४को दफा १२३ बमोजिम सार्वजनिक स्थानमा यौनजन्य क्रियाकलाप गर्न नहुने महल (१) नम्वरको कसुरमा कारवाही प्रक्रिया शुरु गरिएको र घट्नाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV