२४ असार २०७८, बिहीबार

एजेन्सी । भारतीय वैज्ञानिकहरूले वनस्पतिको नयाँ प्रजाति पत्ता लगाएका छन् ।

ध्रुवीय जीवशास्त्रीहरूले सन् २०१७ मा हिउँले हिउँले ढाकिएको एन्टार्कटिका महादेशमा काईको एउटा प्रजाति भेटेका थिए। वैज्ञानिकहरूलाई त्यो प्रजाति पुष्टि गर्न पाँच वर्ष लागेको जनाइएको छ।

बीबीसीका अनुसार उक्त खोजको बारेमा लेखिएको वैज्ञानिक लेख प्रख्यात अन्तर्राष्ट्रिय जर्नल, ‘जर्नल अफ एशिया(प्यासिफिक बायोडाइभर्सिटी’मा छाप्न स्वीकारिएको छ ।

भारतले एन्टार्कटिका महादेशमा चार दशक पहिले अनुसन्धान स्टेशन निर्माण गरेयता यसरी नयाँ वनस्पतिको प्रजातिको खोज गरेको पहिलो पल्ट हो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV