२४ असार २०७८, बिहीबार

इजरायल । नेपाली राजदूतावास इजरायलको पहलमा ईजरायल सरकार, इजरायलमा रहेका विभिन्न स्वास्थ्य संस्था, व्यवसायिक क्षेत्र–कम्पनीलगायतबाट संकलित तथा नेपाली दूतावास परिवारसहित ईजरायलवासी नेपालीहरुबाट संकलित सहयोग रकमबाट खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु लिएर नेपाल एअरलाइन्सको विमान ‘एयरबस ३३२) ईजरायलको तेल अभिव स्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको छ ।

नेपालको कोरोनाविरुद्धको लडाईँमा साथ दिन ईजरायल सरकार, ईजरायलका विभिन्न गैरसरकारी संस्था–कम्पनी तथा दूतावास परिवार सहित ईजरायलवासी नेपालीहरुको संयुक्त प्रयासस्वरुप जुटाईएका ५८ थान भेन्टिलेटर, १२० थान अक्सिजन कन्सनट्रेटर, मोबाइल कोरोना टेष्टिङ ल्याब, पीसीआर टेष्टिङ किट्स, एन्टिजेन टेष्टिङ किट्स, कोरोनाविरुद्ध लड्न सघाउने औषधि, मास्क, पीपीई, ग्लब्स, स्यानिटाइजरलगायतका २० करोड नेपाली रुपैयाँ बराबरका कोभिड–१९ सम्बन्धी करिब १८ टन विभिन्न स्वास्थ्य सामग्री लिएर नेपाल एअरलाईन्सको उक्त विमान उडेको हो ।

नेपाली राजदूतावास इजरायलले आफ्नो आधिकारी फेसबुक पेजमार्फत् ईजरायलमा नेपाली ध्वजावाहकको पहिलो औपचारिक उडान (मेडिकल कार्गो चार्टर्ड उडान) सम्भव तुल्याउँदै यस अभियानलाई निश्कर्षमा पु-याउन सहयोग गर्ने प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सीसीएमसी, नेपाल एअरलाइन्सलगायतलाई आभार प्रकट पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV