२४ असार २०७८, बिहीबार

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा मोहन बैद्य निकट नेकपा क्रान्तिकारी माओबादी निकट अखिल क्रान्तिकारीले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय बाहिर अखिल क्रान्तिकारीले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग सहित प्रदर्शन गरेको हो । पछिल्लो समय निषेधाज्ञाबीच निगमले धेरै पटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको उनीहरुको आरोप छ ।

निषेधाज्ञाको समयमा जीविकोपार्जन ठप्प रहेको बेला मूल्यवृद्धिले जनताको जनजीवन कष्टकर बनेको उनीहरुको भनाइ छ । असार २२ गते मंगलबार निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV