२४ असार २०७८, बिहीबार

काठमाडौं । नेपाली सेना र रारा राष्ट्रिय निकुञ्ज कर्मचारीसहितको संयुक्त पेट्रोल टोलीले इजाजत बिना अबैध रुपमा काठ कटान गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

सेना र निकुञ्जको संयुक्त पेट्रोल टोलीले गत मंगलबार रारा राष्ट्रिय निकुञ्जको पिना खोला इलाकामा बिना इजाजत अबैध रुपमा काठ कटान गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई ६ फिटको कुप्पु काठ एक थान, ५.५ फिटे दार ४ थान, १२ फिटे दार २६ थान, १४.५ फिटे दार १ थान, १५ फिटे दार ४ थान, १७ फिटे दार २ थान, १८ फिटे दार ४ थान, २१ फिटे दार ३ थान, २५ फिटे दार १ थान र बञ्चरो ५ थानसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका ६ जनालाई काठ र बञ्चरोसहित रारा राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV