२४ असार २०७८, बिहीबार

दाङ । दाङमा पहिरोमा परि ३ महिने शिशुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान आएको पहिरोले घर बगाएको हो ।

पहिरोले घर बगाउदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको मृत्यु भएको प्रहरीको भनाइ छ । त्यस्तैगरी मनिष स्वयमसहित अन्य २ जना पनि घाइते भएको प्रहरीको भनाइ छ ।

पहिरोले उनको घर गोठ सबै पुरिएको थियो । घटना पछि प्रहरीले पहिरो पन्छ्याएर शिशुको शव निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV