२३ असार २०७८, बुधबार

राजविराज । परीक्षा केन्द्रमा सामूहिक बलात्कार घटनाका मुख्य आरोपितलाई पक्राउ गरिएको छ । दुई वर्षअघि सप्तरीको रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च मावि परिसरमा सामूहिक बलात्कार घटनाका फरार देबनारायण मण्डललाई पक्राउ गरिएको छ ।

पक्राउ परेका आरोपित २५ वर्षीय मण्डल त्यहीँ गाउँपालिकाका हुन् । उनलाई छोटु भनेर बोलाउने गरिएको छ ।

पक्राउ परेका मण्डललाई जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलाशले पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको छ ।

यसअघि घटनाका आरोपित २० वर्षीय मुन्ना भनिने बेदप्रकाश मण्डललाई पक्राउसँगै सात वर्षका लागि जेल चलान गरिएको छ ।

छोटु र मुन्ना पक्राउ परेपनि अन्य आरोपितहरु पक्राउ परेका छैनन् । आरोतिहरुमा दिलिपकुमार खंग, आनन्द सरदार, ओमप्रकाश मण्डल, सुमित मण्डल र बिद्यानन्द सरदार फरार रहेका छन् ।

दुई वर्षअघि कक्षा ११ को परीक्षामा सहभागी भएकी गाउँपालिकाभन्दा बाहिरको युवतीलाई उनीहरुले सामूहिक बलात्कार गरेका थिए । ती युवती गाउँबाट आएर रुपनी गाउँपालिका–६ बिरेन्द्रबजारस्थित सानीआमाको घरमा बसि परीक्षा दिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV