२३ असार २०७८, बुधबार

काठमाडौं । गायिका जुना प्रसाईंको नयाँ गीत ‘माया नलाउ भन्छ’ केही दिनमै दर्शक/श्रोतामाझ रिलिज गरिने भएको छ । गायिका प्रसाईंको ‘माया नलाउँ भन्छ’मा निरन संगीतको शब्द तथा संगीत रहेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा छायांकन गरिने यस गीतको ४ जुलाईमा शुभमुर्हत सम्पन्न गरिएको छ । गीतको भिडियोमा पेमा लामा (कर्मारोगं) र प्रिया घलेको अभिनय रहेनेछ ।

दिपेश चौलागाईंको छायाङ्कन रहने गीतको भिडियोमा पेमा र प्रियाकै कोरियोग्राफी रहनेछ । भिडियोमा फेसन प्रोभाइडरको काम मनिषा फेसन कलेक्सन एण्ड पस्र्यूटोप्रियाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV