२३ असार २०७८, बुधबार

विराटनगर । मोरङको बुढीगँगा गाँउपालिका–३ मा रहेको हुलास वायर इन्डस्ट्रीजबाट निकालिएका कामदाहरुले आन्दोलन गरेका छन् । कामदारहरुले नियुक्ति पत्र दिनु पर्ने माग गर्दै श्रम कार्यालय विराटनगरमा उजुरी दिएपछि उद्योगबाट निकालिएका ९३ जना मजदुरले आन्दोलन गरेका हुन् ।

बुधवार देखि कामबाट निकालिएपछि मजदुरहरु उद्योगको गेट अगाडि धर्ना बसेर आन्दोलनमा उत्रिएका छन् । एक हप्ता अगाडी मात्र उद्योगले ७ जनामजदुरलाई निकालेको थियो । मजदुरहरुसँग एक वर्ष अगाडी नियुक्ति पत्र र न्युनतम पारिश्रमिक दिने सहमति गरेअनुसार उद्योग प्रशासनले सहमति कार्यान्वयन नगरेपछि मजदुरहरुले मंगलबार श्रम कार्यालय विराटनगरमा उजुरी दिएका थिए ।

उजुरी दिएको भोलिपल्ट कामबाट निकालेको मजदुरहरुले बताएका छन् । उनीहरुले २०७७ असार २१ गते न्युनतम पारिश्रमिक र नियुक्ति पत्र दिने सहमति भएपनि उद्योगले आलटाल गर्दै आएको आरोप लगाएका छन् । गतवर्षको लक डाउनको अवधिमा ४५ जना मजदुरलाई उद्योगले कामबाट निकालेको थियो । मजदुरहरुले राज्यले तोकेको सेवा सुविधा माग गर्दा उद्योगले कामबाट निकालेको आरोप लगाएका छन् ।

हाल उद्योगमा७ सय ५० मजदुरहरु कार्यरत रहेका छन् भने आधाभन्दा कम मजदुरले नियुक्ति पत्र पाएको बताएका छन् । दैनिक ज्यालादारीमा २० वर्षदेखि काम गर्दै आएका मजदुरहरुले सरकारले तोकेको तलव सेवा सुविधा दिनु पर्ने माग राखेका छन् ।

उनीहरुले कामबाट निकाल्नु अगाडी कुनै छलफल नगरी विहान काममा जाँदा उद्योगले गेटबाट छिर्न नदिएको आरोप लगाएका छन् । यता, उद्योग प्रशासनसँग यस विषयमा सम्पर्क गर्न खोज्दा कुनै सम्पर्क हुन सकेन ।

६ महिना काम गरेपछि नियुक्तिपत्र र न्युनतमपारिश्रमिकलगायतका सेवा सुविधा पाउनु पर्ने सरकारी नियम छ । तर, वर्षाैदेखि कार्यरत मजदुरहरुलाई उद्योगले सरकारी मापदण्डअनुसार सेवा सुविधा केही पनि नदिएको मजदुरहरुले गुनासो गरेका छन् । सो उद्योगमा अधिकाशं मजदुरहरुले अझैँ पनि हप्तामा काम गरिरेहको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV