२३ असार २०७८, बुधबार

काठमाडौं । अनलाइन २०२१ वल्र्ड तेक्वान्दो एसिया पुम्से खुला च्याम्पियनशीपका लागि दुई नेपाली अन्तर्राष्ट्रिय निर्णयक छनोट भएका छन् ।

अन्तर्राष्ट्रिय निर्णयकद्वय नोर्बु लामा र मिन न्यौपाने उक्त प्रतियोगिताको निर्णायकका रुपमा छनोट भएका हुन् । दुई जना मात्र नेपालबाट प्रतियोगितामा निर्णयकको भूमिका निर्वाह गर्न छनोट नेपालबाट निर्णयकका लागि छनोट हुने उनीहरु मात्र हुन् ।

प्रतियोगिता जुलाई ११ देखि १८ तारिखसम्म सञ्चालन हुने छ । त्यसअघि प्राविधिकको भर्चुअल बैठक जुलाई १० तारिखमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV