२३ असार २०७८, बुधबार

काठमाडौं । अभिमन्यु मिश्र सबैभन्दा कम उमेरमा ‘चेस ग्र्यान्डमास्टर’ बनेका छन् । उनले १२ वर्ष ४ महिनाको उमेरमा सबैभन्दा कम उमेरमा ‘चेस ग्र्यान्डमास्टर’ बन्ने नयाँ कीर्तिमान राखेका हुन्।

यस भन्दा अगाडि सेर्गे कार्जाकीनले सो कीर्तिमान राखेका थिए । उनी सन् २००२ मा १२ वर्ष ७ महिनाको उमेरमा ‘चेस ग्र्यान्डमास्टर’ बनेका थिए।

बीबीसीका अनुसार अमेरिकाका अभिमन्यु १० वर्ष ९ महिना हुँदा सबैभन्दा कान्छा ‘अन्तर्राष्ट्रिय मास्टर’ बनेका थिए। उनको अबको लक्ष्य भनेको सबैभन्दा कान्छो ‘स्ट्रङ्ग ग्र्यान्डमास्टर’ र एलीट ग्र्यान्डमास्टरू को उपाधिहरू प्राप्त गर्ने रहेको छ।

अभिमन्युले साढे दुई वर्षको उमेरमा चेस खेल्न थालेको र सात वर्षको उमेरमा सबैभन्दा कान्छो अमेरिकी दक्ष खेलाडी बनेको जनाइएको छ ।चेस खेलमा उच्चस्तरको प्रदर्शन गर्दै तीन खेल जितेर विश्व चेस महासङ्घको रेटिङमा कम्तीमा २,५०० अङ्क प्राप्त गर्न सकेमा मात्र ग्र्यान्डमास्टर उपाधि पाइन्छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV