२३ असार २०७८, बुधबार

काठमाडौं । बलिउडका चर्चित अभिनेता दिलिप कुमारको निधन भएको छ । अभिनेता दिलिप कुमारको बुधबार बिहान ९८ वर्षको उमेरमा निधन भएको हो । स्वासप्रस्वासमा समस्या भएपछि अभिनेता दिलिप कुमारलाई हिन्दुजा अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

उपचार संलग्न डाक्टर जलिल पार्करले दिलिप कुमारको निधन भएको जानकारी गराएका हुन् । उनको आज साँझ ५ बजे जुहू कब्रिस्तान, सांताक्रुजमा अन्तिम संस्कार गरिने भएको छ ।

‘ट्र्याजेडी किङ’को रुपमा परिचित चर्चित अभिनेता दिलिप कुमारको करियर बलिउडमा ६ दश लामो रह्यो । उनले आफ्नो करियरमा ६५ वटा भन्दा बढी फिल्ममा काम गरेका थिए ।

उनले देवदास–१९५५, नयाँ दौर–१९५७, मुगल ए आजम–१९६०, गंगा जमुना–१९६१, क्रान्ती–१९८१, कर्म–१९८६लगायतका फिल्ममा काम गरेका छन् । उनको अन्तिम फिल्म १९९८ मा रिलिजमा आएको ‘किला’ थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV