२३ असार २०७८, बुधबार

काठमाडौं । नेकपा एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरु माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोग जाने भएका छन् ।
सर्वोच्चले नेकपा भंग गरेपछि केपी ओली नेतृत्वमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोगमा जान लागेका हुन् ।

एमाले प्रवेश गरेको एक पूर्व माओवादी नेताका अनुसार माओवादी केन्द्र आफैंमा अवैधानिक भएको र यस्तो पार्टीले आफूहरुलाई कारबाही गर्न मिल्दैन भन्दै निर्वाचन आयोगमा जान लागेको हुन् । पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापा (बादल) समूहले आयोगमा उजुरी दिन लागेका हुन् ।

नेताहरु आज दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर पार्टीले आफूहरुलाई कारबाही गरेकोबारे ध्यानाकर्षण गराउने जनाइएको छ ।

माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमालेमा गएको भन्दै रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लायतलाई कारबाही गरेको थियो । त्यही कारणका कारण उनीहरुको सांसद पद गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV