२२ असार २०७८, मंगलवार

काठमाडौं । नायिका सुहाना थापा आमा झरना थापा र बाबा सुनिल कुमार थापासँगै अमेरिकामा छिन् ।

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सकेपछि उनीहरु अमेरिका लागेका हुन् । सुहाना लामो समयदेखि अमेरिकामा नै अध्ययन गरिरहेकी छिन् ।

चलचित्र ‘ए मेरो हजुर ४’ यो बर्षको भदौ १८ गतेबाट रिलिज गर्ने योजना बनाइएको थियो । तर कोरोना भाइरसको कारण हलहरु खुल्ने टुंगो छैन ।कोरोनाको दोश्रो लहरका कारण चलचित्र हलहरुमा चलचित्र सञ्चालन नहुने भएको छ । परिवारसंग अमरिकामा रहेकी सुहानाले सामाजिक संजालमा अमेरिकामा घुमफिरका तस्वीर पोष्ट गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV