२२ असार २०७८, मंगलवार

एजेन्सी । चीनले थप दुईवटा खोप आपत्‌कालीन अनुमतिका लागि सोधखोज गरेको जनाइएको छ ।

अधिकारीहरूका अनुसार नेपालले चीनसँग खोप खरिद गरेपछि अरू दुईवटा चिनियाँ खोपले आपत्‌कालीन अनुमतिका लागि सोधखोज गरेको हो।

आपत्‌कालीन प्रयोगको अनुमतिबारे ुबुझ्न आउनेमाु क्यानसिनो खोप र तेस्रो चरणको परीक्षणमा रहेको अर्को चिनियाँ खोप रहेको बीबीसीमा उल्लेख छ ।

गतसाता विभागले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओबाट आपत्‌कालीन प्रयोगका लागि अनुमति प्राप्त कोभिड खोप सोझै भित्र्याउन सकिने निर्णय गरेको थियो।

अधिकारीहरूले अनुमतीको प्रक्रिया बुझेका दुई खोपबारे विस्तृत विवरण खुलाइसकेका छैनन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV