२२ असार २०७८, मंगलवार

काठमाडौं । नेपाल वायु सेवा निगम (नेवानी) को कार्यालयमा तालाबन्दी गरिएको छ । नेवानीलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजिएको भन्दै निगममा कार्यरत कर्मचारीका विभिन्न तीन संगठनले मंगलबार कार्यालयमा तालाबन्दी गरेका हुन् ।

निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिदै आएन् ।

तर, महाप्रबन्धक डिमप्रसाद पौडेलले भने नेवानीलाई पब्लिक कम्पनीका रुपमा रुपान्त गर्न खोजिएको भन्नेमा साँचो नभएको बताउदै आएका छन् ।

 

LIVE TV