२२ असार २०७८, मंगलवार

काठमाडौंं। कोरोनाका कारण खर्च धान्न नसकेपछि कमलपोखरी स्थित कुमारी चलचित्र भवन (हल) सधैका लागि बन्द गर्ने निर्णय भएको छ । दुईवटा पर्दामार्फत् तीन दशकअघिदेखि चलचित्र देखाइदै आइएको यो भवन कोरोनाका कारण आर्थिक समस्या उत्पन्न भएसँगै सधैंका लागि बन्द गर्ने निर्णयमा संचालक पुगेका हुन् ।

अहिले हल भित्रका सामानहरु समेत अहिले हटाउन थालिएको छ । यसअघि चलचित्र प्रदर्शन हुँदै आएको भवन प्रयोजनका लागि प्रयोग गरिनेछ ।

कुमारी हल क्यूएफएक्स चेनको संचालनमा रहेको थियो । यसअघि क्यूएफएक्स चेनको स्वामित्वमा रहेको जय नेपाल चलचित्र घर समेत सधैका लागि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV