२२ असार २०७८, मंगलवार

नेपालगन्ज । नेपालगन्ज जमुनाहा भन्सार नाका हुँदै भारत कमाउन जानेको संख्या बढेको छ । घरमा रोपाइँ सकेर अहिले पुनः भारत कमाउन जानेको संख्या बढेको जमुनाहा इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बाँकेमा लकडाउन जारी छ तर पनि पहिलेभन्दा अहिले दैनिक रुपमा भारत कमाउन जानेको संख्या बढेको हो । नेपालीहरुको महान पर्व दशै आउन केही समय बाँकी रहेको छ तर घरमा रोपाईको काम सकेको हुनाले भारत कमाउन हिडेको बारबर्दिया नगरपालिका- ५ का अभय नेपालीले जानकारी गराउनुभयो । गाउँघरमा रोपाई सकियो अब केही महिना भए पनि भारत कमाउन जान लागेको उहाँले बताउनुभयो । अभयसंग ७ जनाको टिम भारतको हिमाचल भन्ने ठाउँमा जान लागेको हो । नेपालमा सबै ठेकेदार, दलाल रहेको भन्दै उहाँले नेपालमा काम नगरी भारतको हिमाचलमा काम गर्न जान बाध्य भएको उहाँले जानकारी गराउनुभयो । यसरी जानेमा बच्चा च्यापेका महिलाहरू समेत रहेका छन् ।

नेपालीहरुको घर-आँगनमा दशैँ आउन केही महिना बाँकी छ । ‘दसैँमा खर्च बढी हुन्छ । त्यो अनुसारको आम्दानी नेपालमा छैन,’ उहाँले भन्नुभयो, ‘यहाँ बसेर दुःखी हुनुभन्दा कमाउन हिँडेका छौं । दशैँमा घरपरिवारसंगै मनाउन फेरि नेपाल फर्किने हाे ।’

पर्वकै मुखमा परदेश

आर्थिक संकट बढ्दै गएपछि पर्वकै मुखमा परदेश जानुपरेको पीडा उहाँले सुनाउनुभयो । ‘घर परिवारलाई पाल्न मुस्किल भइरहेको छ । चाड पर्वमा छोराछोरी नयाँ लुगा लगाउने मिठो खाने भन्छन्, म कसरी दिउँला’ गम्भीर हुँदै उहाँले भन्नुभयो ‘दशैं दशा नहोस् भनेर कमाउन हिँडेका छौं दशैमा आफ्नै देशमा रमाउन आउने उहाँले बाचा गर्नुभयो ।’ दशैँको मुख र कोरोनाको कहरमा हामीलाई पनि अरुको देशमा कमाउन रहर होइना बाध्यता हो उहाँले भन्नुभयो । नेपालमा केही पनि सुविधा नरहेको हुनाले भारत कमाउन हिडेको उहाँले भन्नुभयो ।

कोरोना महामारीको बेला रोगसँग डराएर भारतबाट आएका उनीहरु अहिले नेपालमा भोकसँग दराएर भारत फर्किन लागेको जानकारी गराउनुभयो । भारत नै हो हामीलाई धानेको । घरमा काम सकिने वित्तिकै केही महिना भएपनि भारतबाट जोहो गरेकोले घरखर्च धानेको छ उहाँले भन्नुभयो । दैनिक रुपमा भारत जानेको संख्या बढेको छ । गतसालमा दशैं तिहार मनाउन नेपाल फर्किने बढी हुने समयमा अहिले नेपालबाट भारत जानेहरूको संख्या बढिरहेको प्रहरीले जनाएको छ । ‘साँझ बिहान छाक टार्न समस्या छ । यही बेला दशैं आउन लाग्यो समस्या टार्न भारत जान लागेका हौँ अर्का भारत जाने एक नागरिकले भन्नुभयो ।’

दैनिक १२ सयसम्म पलायन

जमुनाह नाकाबाट मात्रै दैनिक रुपमा ८ सय देखि १२ सय सम्मको संख्यामा नेपालीहरू भारत पलायन भइरहेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सई सन्तोष खनालले जानकारी गराउनुभयो । यो अवधिमा नेपाल आउनेहरूको संख्या निकै कम रहेको उहाँले बताउनुभयो ।

जमुनाहा नाका एक बर्ष पहिले देखि बन्द रहेको छ । लकडाउन भएदेखि विधिवत रुपमा जमुनाहा नाका बन्द नै छ तर विशेष कामले भारत आवतजावत गर्नेलाई नागरिकता प्रमाणपत्र देखाएर भारत आवतजावत गर्न दिइएको छ । विहानदेखि नै भारत कमाउन जानेहरुको लाइन लागेको हुन्छ जमुनाहा प्रहरीका इन्चार्ज सई खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV