२२ असार २०७८, मंगलवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटाउने सहमति भएको छ । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी फुटाएर आ-आफ्नो बाटो लाग्न सहमत भएका हुन् ।

मंगलबार आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । मिल्न सकिन्नँ भनेर दुवै पक्षका नेताहरूले हस्ताक्षर गरेर आयोगलाई दिएको आयोगका एक कर्मचारीले जानकारी दिए ।

ती कर्मचारीले भने, ‘सँगै बस्नै नसक्ने भनेपछि हामीले स्वीकृति दिएका छौँ । निर्वाचन आयोगल दुवै पक्षको हस्तक्षार गराएका छन्, यो राजनीति दल सम्बन्धि ऐन दफा ४४ (५) अनुसार अघि बढेको छ । अब उहाँहरु दफा ४४ को ६ मा चाहिँ प्रवेश गर्नुएको छ ।’

दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ । उनले भने, ‘उहाँहरु एकताका लागि सहमत हुन भएन । तर फुट्नका लागि सहमत हुनुभयो । अब दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्ने सहमति भएको छ ।’

आयोगमा उपेन्द्र यादव पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, प्रकाश अधिकारी आयोग पुगेका थिए भने महन्थ पक्षका महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी, सुरेन्द्र झा, केशव झा आयोग पुगेका थिए ।

जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन्। यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गरेका छन् भने ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV