२२ असार २०७८, मंगलवार

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज (मंगलबार) पनि बस्दै छ । सिंहदरबारमा सोमबार साँझ सम्पन्न बैठक आज दिउँसो १ बजे पुनः बस्ने गरी टुंगिएको हो ।

सिंहदरबारमा सोमबार साँझ बसेको बैठकमा पार्टी विवाद समाधानबारे छलफल भएको नेपाल समूहका संयोजक भीम रावलले बताउनुभएको थियो । उहाँका अनुसार आजदेखि पार्टी मिलाउने प्रयास हुनेछ ।

कार्यदलमा दुवैपक्षका पाँचरपाँच जना नेता रहेका छन्। कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

त्यस्तै नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन् । गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV