२१ असार २०७८, सोमबार

काठमाडौं । कार्यकाल सकिन ९ महिना छँदै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसीराम गौतमले पदबाट राजीनामा दिएका छन् । आखिर किन सिइओ गौतम कार्यकाल छँदै पदबाट पछि हटे त ?

आइतबार बैंक सञ्चालक समितिसमक्ष राजीनामा पेश गरेका सिइओ गौतमले यसअघिदेखि नै राजीनामा दिन्छन् भनेर बैंकमा कार्यरत कर्मचारीले भने सुइँको पाइसकेका थिए । तर, पनि तत्काल उनले राजीनामा दिन सकिरहेका थिएनन् ।

समाचार स्रोतका अनुसार बैंकको सञ्चालक समितिले सिइओ गौतमले बैंकलाई राम्रोसँग हाँक्न नसकेकाे भनेर रिसाएका थिए । साथै, उनकै कार्यकालमा बैैंकको प्रगति पनि भएको नदेखिनु उनको पद खतरामा पर्यो । तर, सिइओ गौतम भने कोभिडको समयमा ज्यान जोगाउनु नै उत्तम ठाने र त्यसतर्फ त्यति ध्यान दिएनन् ।

आइतबार कार्यव्यस्तताका कारण पदमा रही काम गर्न नसक्ने भन्दै सिइओ गौतमले राजीनामा दिएका हुन् । २०७५ साल वैशाख १९ गते सेञ्चुरी बैंकमा सिइओ भइ प्रवेश गरेका उनीमाथि झन्डै ४ वर्षे कार्यकाल बिताएर बैंकबाट राजीनामा दिएका उनीमाथि नेतृत्वको कमी, असक्षम सिइओको आरोप छ ।

तर, सिइओ गौतमले भने आफूनिकट कर्मचारीसँग सञ्चालक समितीको नचाहिँदो पेलानका कारण पदबाट राजीनामा दिन बाध्य भएको बताएको स्रोत बताउछ । स्रोतका अनुसार कोभिडको समयमा बैंकले अनावश्यक टर्चर दिन थालेपछि सिइओ गौतमले पदबाट राजीनामा दिएका हुन् ।

नेपाल बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका गौतमले सेञ्चुरी बैंकमा प्रवेश गर्नुअघि एसबीआई बैंक, माछापुच्छ्रे बैंकमा काम गरिसकेका छन् । माछापुच्छ्रे बैंकबाट सीईओ बन्न सफल इक्रा नेपाल लिमिटेडमा समेत सीईओ भएर काम गरिसकेका छन् ।

अर्थशास्त्रमा स्नातक र फाइनान्समा एमबीए गौतम सेञ्चुरीमा सिइओ भएर आएपछि एउटा असफल सिइओको ट्याग भिरेर बैंकबाट बाहिरिनुपरेको छ । अब, बैंकमा उनीपछि नेको इन्स्योरेन्समा कार्यरत अशोक खड्कालाई बनाउने कि मनोज न्यौपानेलाई बनाउने भन्ने विषयमा केही समयमै बोर्डले निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV