२१ असार २०७८, सोमबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य पम्फा भुषाललाई मातृशोक परेको छ । नेतृ भुषालकी आमा इन्द्रकला भुषालको ९३ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

ललितपुर कुसुन्तीस्थित आफ्नै निवासमा इन्द्रकलाको निधन भएको जनाइएकाे छ । उनको निधनमा सभामुख अग्नि सापकोटाले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत सभामुख सापकोटाले श्रद्धाञ्जली एवं समवेदना व्यक्त गरेका हुन् । ‘नेकपा (माओवादी केन्द्र) को स्थायी समिति सदस्य पम्फा भुषालकी ममतामयी आमा इन्द्रकला भुषालको ९३ वर्षको उमेरमा आज विहान कुसुन्तीस्थित निवासमा निधनको खबरले स्तब्ध छु,’ सापकाेटाले भनेका छन्, ‘दिवंगत भुषालप्रति भावपूर्ण श्रद्धाञ्जली ! शोकाकुल परिवार एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV