२१ असार २०७८, सोमबार

काभ्रे । राजनीतिक शक्तिको आडमा राजमार्गसँग जोडेर क्रसर संचालन गरेको क्रसरमा गएको पहिरोले जोखिम निम्तिएको छ । क्रसरले रोशी खोला रोकेर डस्ट राखेर संकट निम्त्याईरहेको बेला वर्षातमा गएको पहिरोले राजमार्ग र राजमार्गमा यात्रा गर्ने यात्रु थप जोखिममा छन् । नाङशाल ढुंगा रोडा उद्योग प्रालीले विपी राजमार्गको खार्पाचोक सडक खण्डमा थुपारेको डस्टले रोशी खोलाको जोखिमसँगै असार १७ गते देखि परेको अविरल वर्षातका कारण गएको पहिरोले अरु जोखिम निम्त्याएको छ ।

अख्तियार तथा अन्य निकायले पटक पटक अनुगमन गरे पनि उक्त क्रसरले पु¥याएको क्षति न्यूनिकरण गर्न क्रसरलाई सचेत समेत गराएका छैनन । निरन्तर झण्डै एक दशक देखि क्रसरले राजमार्गमा क्षति पु-याउँदै आएको छ । ‘पहुँच र शक्तिका आडमा क्रसरको दादागिरीले सर्वसाधारण जोखिममा छन्’–स्थनीय खड्गबहादुर लामाले भन्नुभयो–‘क्रसरका कारण बस्ति, सडक र राजमार्गमा यात्रा गर्ने यात्रुहरु जोखिममा परेका छन् ।’

सर्वसाधारणहरुले विरोध गर्न नसक्ने गरी क्रसर संचालकहरुले धम्कि दिने गरेको स्थानीयहरुले बताएका छन् । साविक खार्पाचोक २ हाल रोशी गाउँपालिका वडा नम्वर ८ डिप्सामा रहेको नाङशाल ढुंगा रोडा उद्योग प्रा.लि को क्रसरमा गएको पहिरोका कारण बस्ति पनि जोखिममा परेको छ । रोशी खोलाको दुबैतिर थुपारिएको डस्टले खोला छेकिएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV