२० असार २०७८, आईतवार

काठमाडौं । कोरोना महामारीबाट विस्तारै पार पाउन लागेका बेला तिजको रमझम सुरु हुन लागेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गइरहेका बेला देश विदेशमा तिज गीतहरुको छायांकनका दृश्यहरु देखिन थालेको अवस्थामा बेलायतमा शनिबार ‘प्रदेशी छोरीको तिज’ गीतको भिडियोको छायांकन सम्पन्न भएको छ ।

लोकप्रिय गीतकार ज्योति गुरुङको शब्द सिर्जनामा तयार भएको गीतको भिडियो बेलायतको अल्पर्टनस्थित विशाल श्री बलभव निधी मन्दिरमा छायांकन सम्पन्न भएको छ । उक्त भिडियोको शुभमुर्हत बेलायतस्थित नेपाली दुतावासका काउन्सुलर डिसिएम श्रीमती रोशन खनालले गर्नुभएको थियो ।

सो अवसरमा खनालले परवासबाट नेपाली कला संस्कृति झल्काउन तथा प्रर्वदन गर्न यस्ता सांस्कृतिक भिडियोहरुले अझै टेवा पुर्याउने भन्दै निर्माण यूनिटलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।

उहाँले यस्ता सांस्कृतिक गतिविधिमा दूतावासको पनि सदैव सहयोग रहने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । उहाँले नजिकिँदै गरेको तिज पर्वको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदी बहिनीहरुलाई शुभकामना ब्यक्त गर्नुभयो ।

गायिका सुनिता दुलालको स्वर रहेको गीतमा मिसेस यूके नेपाल आस्था जोशी, बिनु लामिछाने, मोडल निरु कोइरालालगायतका करिब डेढ दर्जन महिला दिदीबहिनीहरुको अभिनय रहेको छ । भिडियोमा नृत्य निर्देशन सरु रानाको रहेको छ भने छायांकन, सम्पादन र निर्देशक संचारकर्मी कुशल श्रेष्ठको रहेको छ ।

भिडियो गीतकार ज्योतीकै आफ्नै च्यानल जेजी कृयशनबाट छिट्टै नै रिलिज गरिने निर्माण यूनिटले जनाएको छ । गीतकार गुरुगले यसअघि बेलायतमा नै छायांकन गरिएका २ वटा भिडियो बजारमा ल्यासकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV