२० असार २०७८, आईतवार

काठमाडौं । बलिउडकी क्यूट अभिनेत्री आलिया भट्टले आफ्नो फिल्म ‘डार्लिङग्स’को सुटिङ सुरु गरेकी छन् । अभिनेत्री आलियाले ट्वीट गर्दै आफ्नै होम प्रोडक्शनमा बनिरहेको ‘डार्लिङ्ग्स’को सुटिङ सुरु गरेको जानकारी गराएकी हुन् ।

यसैबीच बलिउडका किङ खान शाहरुखले शुभकामना दिदै अभिनेत्री आलियाको आगामी प्रोडक्शनमा काम गर्ने इच्छा ब्यक्त गरेका छन् । ‘डार्लिङ्ग्स’लाई आलियाले आफ्नै प्रोडक्शन हाउस ‘इटरनल सनसाइन प्रोडक्शन’को ब्यानरमा निर्माण गरिरहेकी छन् । निर्मात्रीको रुपमा आलियाको यो पहिलो फिल्म हो ।

त्यस्तै, फिल्मको को–प्रोड्युसरको रुपमा शाहरुख खानको प्रोडक्शन ‘रेड चिलिज इन्टरटेन्मेन्ट’ रहेको छ । ट्वीट गर्दै अभिनेत्री आलियाले पहिलो दिनको सुटिङ सेटबाट तस्वीर सेयर गरेकी छन् । जहाँ आलियाले आफ्नो हरेक फिल्म गर्नु अगाडि नर्भस हुने गरेको बताएकी छन् ।

आलियाको सोही ट्वीटको जवाफ दिदै किङ खान शाहरुखले लेखेका छन्, ‘यस प्रोडक्शनपछि कृपया मलाई तपाईको अर्को प्रोडक्शनमा साइन गराउनुहोस् । म सुटको लागि समयमा आउनेछु र निकै प्रोफेशनल रहनेछु ।’

नर्भस हुन्छिन् आलिया!

अभिनेत्री आलियाले ट्वीट गर्दै भनेकी छन्, ‘‘डार्लिङ्ग्स’को पहिलो दिन । निर्मात्रीको रुपमा यो मेरो पहिलो फिल्म हो । म सँधै एक कलाकार रहनेछु (त्यसोत यहाँ म एक नर्भस कलाकार हुँ) । मलाई थाहा छैन यो के हो । कुनै पनि नयाँ फिल्म सुरु गर्नु भन्दा पहिले मेरो शरीरमा अचानक नर्भस इनर्जी आउने गर्छ । त्यसैको डरले म १५ मिनेट पहिले सेटमा आउने गर्छु ।’

आलियाको ‘डार्लिङ्ग्स’लाई जसमीत के रीनले निर्देशन गरिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV