२० असार २०७८, आईतवार

वीरगंज । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध संयुक्त विद्यार्थी संगठनले वीरगंजमा मशाल जुलुश प्रदर्शन गरेको छ ।

नेवि संघ, अनेरास्ववियू ९क्रान्तिकारी०, अनेरास्ववियू र समाजवादी विद्यार्थी संगठनले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध मशाल जुलुश प्रदर्शन गरेको अनेरास्ववियू ९क्रान्तिकारी० का केन्द्रिय सदस्य एवम् प्रदेश नं। २ का सह संयोजक प्रभाकर गुप्ताले वताए ।

बीरगन्जको घडिअर्वास्थित गीतामन्दिर रोडबाट सुरु भएको प्रदर्शन घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । मशाल जुलुशको प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप समेत गरेका थिए ।

प्रधानमन्त्री ओलीद्वारा असंवैधानिक तरिकाले गरिएको संसद विघटन विरुद्ध विद्यार्थी संगठनहरुको केन्द्रिय आन्दोलनको कार्यक्रम अन्तर्गत नै वीरगंज पनि मशाल जुलुश प्रदर्शन गरिएको हो ।

नेवि संघका विकेश पटेल, समाजवादी विद्यार्थी युनियनका एजाबाबु राँकी, अनेरास्ववियु ९क्रान्तिकारी० का कविराज पटेल, अनेरास्ववियुका रन्दिप श्रीवास्तवको नेतृत्वमा ओली सरकारको असंवैधानिक गतिविधी विरुद्ध प्रदर्शन गरिएको हो ।

मशाल जुलुशमा सहभागिहरुले केपी ओली मुर्दाबाद, प्रतिगमन मुर्दाबाद, महंगी, भ्रष्टाचार र सरकारका जनविरोधी क्रियाकलाप मुर्दाबाद लगायतका चक्रो नारा समेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV