२० असार २०७८, आईतवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न उपप्रधानमन्त्री विष्णु पौडेलसहित मुख्य ३ नेताहरु कोटेश्वर पुग्नुभएको छ । पार्टी विभाजनबाट जोगाउने प्रयास स्वरुप नेताहरु वरिष्ठ नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नुभएको हो ।

उपप्रधानमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल नेपाल निवास कोटेश्वर पुग्नुभएको र छलफल जारी रहेको बताइएको छ । शुक्रबारबाट जारी एमाले केन्द्रीय कमिटी बैठकमा नेपालपक्षका नेताहरुको सहभागिता रहेको छैन ।

केन्द्रीय कमिटी बैठकबाटै प्रधानमन्त्री ओलीले नेता नेपाललाई सर्वोच्चको रिटमा दिइएको हस्ताक्षर सोमबारसम्ममा फिर्ता लिइसक्न चेतावनी दिनुभएको छ ।

तर नेता नेपालले भने हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नलिने बताउँदै केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV