२० असार २०७८, आईतवार

काठमाडौं । ‘हामी त्यतिखेर आठ कक्षामा पढ्थ्यौं, १३–१४ वर्षका थियौं । स्वीमिङ सिकाउने र हाइकिङ पनि गर्ने भनेर हाम्रो कक्षालाई कहिले एक दिनको लागि त कहिले रातै बस्नेगरी बाहिर लगिन्थ्यो ।

कैयन पटक बनभोज जाँदा एकान्त पारेर र स्विमिङ सिकाइदिने नाममा इङलिस टिचर हामीसँगै पौडिन आउनुहुन्थ्यो र हाम्रा संबेदनशील अंगसँग खेल्नुहुन्थ्यो’ घटनाको १४ वर्षपछि पीडित किशोरीले बताएकी छन् ।

एसओएस बालग्रामका छात्राहरुमाथि भएको सन् २००५ को एउटा प्रतिनिधि घटना हो यो । चारमध्ये दुई छात्रा त्यहींको एसओएस बालग्राम सुर्खेतमा बस्थे भने दुई छात्रा बाहिरबाट पढ्नका लागि मात्र बालग्रामद्वारा सञ्चालित विद्यालयमा आउँथे, उनीहरु बाहिर आफ्नै घरमा खाने–बस्नेगर्थे ।

यो र यस्तै प्रकारका यौन दुव्र्यबहार लगातार पाँच वर्षसम्म बालग्राममा बसेर र बाहिर निस्किसकेपछि पनि सहेको दुई छात्राको भनाइ छ । अहिले २५ वर्षभन्दा माथि उमेरका उनीहरु बालग्रामबाहिर स्वतन्त्र समाजमा आम नागरिक सदस्यका रुपमा छन् । दुवै विहेबारी गरेर घर बसाउने तयारीमा रहेको आजको समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV