२० असार २०७८, आईतवार

चितवन । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर–२९ को सेती दोभानमा पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ । शनिबार राति १०ः२५ बजे माथिबाट पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।

पहिराे आइतबार बिहानैबाट हटाउने काम शुरु भएकाे चितवन प्रहरी प्रवक्ता शुर्य थापाले बताए । यसअघि पनि सेती दोभान, घोप्टे भीर, चारकिलो, पाँचकिलो लगायतका स्थानमा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको थियो ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबार बिहानैदेखि पहिरो खस्दा मुग्लिन नारायणगढ सडक पटक पटक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV