१९ असार २०७८, शनिबार

काठमाडौं । नेकपा (एमाले)को विधान महाधिवेशन साउन २५ देखि हुने भएको छ । शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको १३ औं बैठकले सर्वसम्मतिले विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिए ।

त्यस्तै विधान महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखनका लागि अध्यक्ष ओलीको नेतृत्वमा कमिटी गठन भएको हो । विधान महाधिवेशन व्यवस्थापनका निम्ति रामबहादुर थापाको नेतृत्वमा समिति गठन भएको गरिएको छ ।

त्यस्तै संगठनात्मक प्रतिवेदन लेख्नका लागि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन भएको थापाले जानकारी दिए । बैठकमा महासचिव पोखरेलले ५ बुँदे संगठनात्मक योजना पेश गरेका थिए ।

जसमा असार मसान्तसम्म सदस्यता नविकरण गरि साउन ५ गतेसम्म अभिलेख गर्नुपर्नेछ । त्यस्तै आगामी भदौ ५ गते वडा तहको अधिवेशन र भदौ १५ गते पालिकास्तरको अधिवेशन गर्ने निर्णय भएको थापाले जानकारी दिए ।

मुलुक निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले तयारीमा जुट्न पार्टी कमिटीलाई बैठकले निर्देशन दिएको थापाले बताए । शुक्रबारदेखि जारी एमालेको केन्द्रीय कमिटी शनिबार नै सम्पन्न भएको प्रचारप्रसार बिभाग प्रमुख थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV