१९ असार २०७८, शनिबार

उदयपुर । अविरल वर्षाका कारण त्रियुगा नदीमा पानीको बहाव बढेको छ ।

पानीको बहाव बढेसंगै आएको बाढीका कारण उदयपुरको चौदण्डीगढी नगरपालिका ५ को १२ वर्ष देखि निर्माणधिन सिवाई र बेल्ही जोडने त्रियुगा नदीको पुल भीत्कएको छ ।

त्रियुगा नदीमा निर्माणधिन सिवाई पुलको दक्षिण तर्फको पिलर भासिएर दुई वटा स्लाब नै बाढीले बगाएको स्थानीय पर्वत दाहालले जानकारी दिए ।

निर्माणधिन पुलमा स्थानीयले अस्थायी रुपमा आवात जावत गर्ने गरेका थिए । बाढीले स्लाप बगाउँदा एक जना घाइते भएका छन् ।

बाढीले पुल बगाउदा पुलमा सवार चौदण्डीगढी नगरपालिका ५ सिवाईका ४८ वर्षीय अख्तर मियाँ घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV