१९ असार २०७८, शनिबार

काठमाडौं । नेकपा एमालेले आगामी वैशाखमा दशौँ महाधिवेशन गर्ने प्रस्ताव पेश भएको छ । शनिबार अध्यक्ष केपी शर्मा ओली पक्षको मात्र बसेको केन्द्रीय कमिटीको बैठकले वैशाखमा दशौँ महाधिवेशन गर्ने प्रस्ताव पेश गरेको हो ।

बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र महाधिवेशन गर्नेगरी प्रस्ताव पेश गरेका छन् । उनले यसअघि एमालेले मंसिर २ देखि ६ सम्मका लागि महाधिवेशन गर्ने भने पनि अब वैशाख ३० भित्र महाधिवेशन गर्ने प्रस्ताव गरेको बताए ।

बैठकमा निर्वाचनसँग जुध्न गए महाधिवेशन वैशाखमा सार्ने प्रस्ताव पेश गरिएको छ भने यहीँ साउन २५ गते विधान सम्मेलन गर्ने जनाइएको छ ।

यसअघि असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय पनि गरिएको छ । आगामी भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका पनि बनाइएको छ ।

यसैगरी ३२ वटा पार्टीका केन्द्रीय विभाग प्रमुखलाई पनि पूर्णता दिने प्रस्ताव पनि गरिएको छ । यसअघि मंसिर २ देखि ६ सम्म दशौँ महाधिवेश गर्ने निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV