१९ असार २०७८, शनिबार

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले शनिबार पनि सरकारविरुद्ध मुलुकभर प्रदर्शन गरेका छन् । शनिबार बिद्यार्थीहरुले विभिन्न क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

यसै क्रममा नेविसंघले काठमाडौंको पशुपति क्याम्पसमा प्रधानमन्त्री ओलीको पुत्दा दहन गरेकाे छ । बाहिर पुत्ला जलाउने क्रम प्रहरी र विद्यार्थीबीच केहीबेर घम्साघम्सी परेको थियो ।

प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन् । संगठनले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्यूनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको उनीहरुको आरोप छ ।

यस्तै नेविसंघ कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले पनि सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्दा दहन गरेका थिए । यसअघि शुक्रवार बसेको विपक्षी गठबन्धनका विद्यार्थी संगठनले थप ८ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV