१९ असार २०७८, शनिबार

काठमााडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधव कुमार नेपालले सर्वोच्चमा विचारधिन रहेको मुद्धाको हस्ताक्षर फिर्ता नलिने बताउनु भएको छ । शनिबार दिउँसो भएको टेलिफोन संवादका क्रममा नेता नेपालले अध्यक्ष ओलीलाई कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नगर्ने अडानमा आफू रहेको भएको हो ।

त्यसको जवाफमा अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नभएको अवस्थामा पार्टी एकता हुन नसक्ने भन्नुभएको स्रोतले बताएको छ । यसअघि शुक्रबारको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले नेता नेपाललाई सोमबार सम्ममा हस्ताक्षर फिर्ता गर्न डेटलाईन दिनु भएको थियो । यसअघिबाटै बैठक रोक्न आग्रह गर्दै आउनु भएका नेता नेपालले आजको टेलिफोन संवादमा पनि उही कुरा दोहोर्याउनु भएको पनि बताइएको छ ।

‘नेता नेपालले आवश्यक सल्लाह र परामर्श विन राखिएको केन्द्रीय कमिटीको बैठक तत्काल अध्यक्ष ओलीलाई आग्रह गर्नु भयो,’ स्रोतले भन्यो, ‘तर अध्यक्ष ओलीले भने सोमबार सम्म हस्ताक्षर फिर्ता नलिए पार्टी एकता सम्मव हुँदैन भनेर भन्नु भयो।’

नेता नेपालले पार्टी एकताका लागि बनेको कार्यदललाई सक्रिय बनाउन ओली समक्ष प्रस्ताव समेत गर्नु भएको बताइएको छ । अध्यक्ष ओली र नेता नेपालबीचको संवादहिनता तोड्दै पार्टी एकताका सम्म पुर्याउन दुवै पक्षका दोस्रो तहका नेताहरु सक्रिय बनेका छन् ।

शनिबार टेलिफोन संवाद गराउन पनि पार्टी उपमहासचिव घनश्याम भुसाल नेता नेपाल निवासमै पुग्नु भएको थियो । नेता नेपालले एकता टुंग्याउन कार्यदल सक्रिय बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV