१९ असार २०७८, शनिबार

मुगु । प्रसिद्ध रारा तलको किनारमा रहेका आधा दर्जन शौचालय प्रयोगविहीन भएका छन् । कर्णाली प्रदेश सरकार र रारा राष्ट्रिय निकुन्जले प्रत्येक वर्ष रारा तालको किनारमा लाखौ रकम खर्चे शौचालय निर्माण गरीएका भए पनि ती काम नलाग्ने बनाइएका छन् । निकुञ्जभित्रको सम्पत्तिको संरक्षणको जिम्मा लिएको रारा राष्ट्रिय निकुन्ज कार्यालयको लापरवाहीका कारण शौचालय प्रयोगविहीन भएका हुन् ।

शौचालयमा पानीको व्यवस्था नभएको, शौचालयभित्र जताततै दिसापिसाब गरेर फोहोर गरिइएको र तोडफोड समेत गरिएको खवस्थामा ती शौचालय रहेका छन् । यसै कारण रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई शौच गर्न गाह्रो लागेर उनीहरु जङ्गलमा गएर शौच गनुपरेको गुनासो गरिएको छ ।

रारा घुम्न आउने आन्तरिक तथा बाह्रय पर्यटकहरुलाई शौच गर्न रारामा निकै गाह्रो छ । राज्यले शौचालय बनाउनका लागि लाखौँ रकम खर्च गरे पनि शौचालयको सम्भार र रेखदेख तथा आवश्यक पानीको व्यवस्था नहुँदा थलालिंग बनेको हो । यसरी भएका शौचालय प्रयोगहीन छाडेर पर्यटकहरुलाई खुल्ला चौर र जङ्गलमा शौच गर्नुपर्ने अवस्था किन आयो ? यतातर्फ सरोकारवाला निकायको समयमै ध्यान जान जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV